२०८३, ३२ असार शुक्रबार

रहस्यपूर्ण ढंगले एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित

रहस्यपूर्ण ढंगले एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित


कामठाडौं, मंसिर १८ :विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वाेच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ।सर्वाेच्च अदालतका पाँच न्यायाधीश रहेको पूर्ण इजलासमा अन्तिम सुनुवाइ भइरहेको सो मुद्दा हेर्दाहेर्दैको अवस्थामा थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेसी सूचीबाटै सो मुद्दा स्थगित गरेका हुन्।

‘अन्तिम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्दा दैनिक पेसी सूचीबाटै स्थगित हुनुलाई स्वाभाविक मान्न सकिँदैन,’ सर्वाेच्च अदालत स्रोतको दाबी छ। सर्वाेच्च अदालतको माथिल्लो स्ततरसम्म पहुँच पु-याउन नसक्ने व्यक्तिको कुनै पनि मुद्दा त्यसरी स्थगित हुन सम्भव नभएको स्रोतले बतायो। असोज १८ देखि एनसेल लाभकर विवादको सो मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो भने मंसिर १३ मा पाँचमध्ये एक न्यायाधीश अनुपस्थित हुँदा मुद्दा स्थगित भएको थियो। सोमबारसमेत एक न्यायाधीश बिदा बस्दा सुनुवाइ स्थगित भएको अदालत सूत्रको बुझाइ रहेकाे खबर अाजकाे नागरिक दैनिकमा छ।

प्रधानन्यायाधीश मिश्रको कार्यकाल पुस १७ गते सकिँदै गर्दा सो मुद्दा जतिसक्दो चाँडो सकाउने उद्देश्य राखेर केही बिचौलियाहरू सक्रिय रहेको पनि बताइएको छ। उनीहरू जतिसक्दो चाँडो फैसला गराउनमा चलखेल गरिहेका छन्। ‘गम्भीर आर्थिक महत्व राख्ने मुद्दामा बिचौलियाहरूले मुद्दा हटाउने वा समयमै सुनुवाइ गराउन भूमिका खेल्ने गरेका छन्,’ स्रोतको दाबी छ, ‘यो मुद्दा पनि बिचौलियाहरुको पकडमा रहेकाले उनीहरू चलखेल गरिरहेको स्पष्टै देखिन्छ।’

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ८ : ३४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित