२०८२, २५ कार्तिक सोमबार

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य


काठमाडौँ, १७ मङ्सिर :सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो ।निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।

अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११.४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५.८१ रुपैयाँ छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४.८३ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुनेछ ।

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ८ : ४६ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत