२०८३, १ असार मंगलबार

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक खनाल

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक खनाल


चितवन, १७ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताउनुभएको छ । पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्न पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी, लफङ्गा र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन उहाँले निर्देशन दिनुभयो ।

सकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न यहाँका व्यवसायी लागेका छन् । यहाँ आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन टाँडी प्रहरीलाई सात मोटरसाइकल, १० रेडियो सेट र एक थान बेस सेट उपलब्ध गराएको छ । प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ७ : ०७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई