२०८२, १७ मंसिर बुधबार

मोरङ खुला दिसामुक्त घोषणा हुने

मोरङ खुला दिसामुक्त घोषणा हुने


विराटनगर, १७ मङ्सिर: मोरङका सबै स्थानीय तहलाई पुस ५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ ।

समन्वय समितिका सदस्य सचिव इञ्जिनीयर सयनकुमार श्रेष्ठले तोकिएको समयमा नै खुल्ला दिसामुक्त घोषणा गर्न सबै रणनीति अपनाउने बताउनुभयो । प्रदेश नं १ को समेत राजधानी रहेको मोरङको खुल्ला दिसामुक्त घोषणा हुनु जिल्लाकै प्रतिष्ठाको विषय बनेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलको भनाइ छ ।

यसअघिको जिल्लाका साझेदार र राष्ट्रिय सरसफाइ समन्वय समितिसहितको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी सम्पूर्ण स्थानीय तहहरु मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरी २० गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको थियो । विराटनगर महानगरपालिकाको वडा १८ र १९ अझै खुला दिसमुक्त क्षेत्र घोषण हुन बाँकी छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ४२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी