२०८३, २३ भाद्र बुधबार

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’: सर्बेन्द्र खनाल

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’: सर्बेन्द्र खनाल


धादिङ, १६ मङ्सिर : प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आज उद्घाटन गर्दै उहाँले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको ठूलो सम्पत्ति नागरिकले प्रकट गर्ने सम्मान भएकाले नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले अपराधी र गुण्डासँग बेलुकाको खानाखाजा खाने बहानामा नबिक्न निर्देशन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले प्रहरीको सेवालाई चुस्त पार्न आग्रह गर्दै समुदाय प्रहरी मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : २० बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी