२०८२, २३ चैत्र मंगलबार

गैसस महासंघको केन्द्रिय अध्यक्षमा जितराम निर्वाचित (नामवली सहित)

गैसस महासंघको केन्द्रिय अध्यक्षमा जितराम निर्वाचित (नामवली सहित)


काठमाण्डौ, १६ मंसिर : गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय अध्यक्षमा जितराम लामा निर्वाचित भएका छन् ।

राजधानीमा भएको नवौँ जिल्ला महाधिवेशन मार्फत लामा लोकप्रिय मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि महासंघको केन्द्रिय कोषाध्यक्ष रहेका लामा ५५७ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि लामाले देशभरका सामाजिक संघसंस्थाहरुको संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘हामी राज्यका हरेक लक्ष्यमा सारथी बनेर अघि बढ्छौँ, उनले भने ‘साजिक संस्था मार्फत सुःखी नेपाली, समृद्धि नेपाल भन्ने सरकारको नारालाई पुरा गर्न गाउँसम्म अभियान सञ्चालन गर्ने छौँ ।’

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुब प्रसाद देव, उपाध्यक्षमा सुमित्रा सुवेदी, महासचिवमा राम प्रसाद सुवेदी, उपमहासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवमा भावना भट्ट, देवीप्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शाेभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे निर्वाचित भएका छन् । कोषाध्यक्षमा विष्णु थाकाली निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन मार्फत ४७ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित केन्द्रिय सदस्यमा  विमलकाजी श्रेष्ठ, नानीमाया थापा, बालमुकुन्द सुवाल, बुद्धशरण लामा राजेन्द्र शर्मा, इश्वरलाल राजभण्डारी, दिपेन्द्र प्रकाश डीसी, लक्ष्मण बहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जय कुमार दाहाल, भिम प्रसाद शर्मा, रामचन्द्र शाह,मिलनकुमार घिसिङ्ग, काँसीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मा सिंह थारु, सावित्रा घिमिरे विक, छविलाल खतिवडा, ,  काजीराम रोका, गामा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन् ।

नागरिक सम्मेलनको आयोजना समेत गरिएको अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(निर्वाचित केन्द्रिय समितिको नामावली)

 

 

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : २८ बजे

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति