२०८२, १७ जेष्ठ शुक्रबार

गैसस महासंघको केन्द्रिय अध्यक्षमा जितराम निर्वाचित (नामवली सहित)

गैसस महासंघको केन्द्रिय अध्यक्षमा जितराम निर्वाचित (नामवली सहित)


काठमाण्डौ, १६ मंसिर : गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय अध्यक्षमा जितराम लामा निर्वाचित भएका छन् ।

राजधानीमा भएको नवौँ जिल्ला महाधिवेशन मार्फत लामा लोकप्रिय मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि महासंघको केन्द्रिय कोषाध्यक्ष रहेका लामा ५५७ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि लामाले देशभरका सामाजिक संघसंस्थाहरुको संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘हामी राज्यका हरेक लक्ष्यमा सारथी बनेर अघि बढ्छौँ, उनले भने ‘साजिक संस्था मार्फत सुःखी नेपाली, समृद्धि नेपाल भन्ने सरकारको नारालाई पुरा गर्न गाउँसम्म अभियान सञ्चालन गर्ने छौँ ।’

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुब प्रसाद देव, उपाध्यक्षमा सुमित्रा सुवेदी, महासचिवमा राम प्रसाद सुवेदी, उपमहासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवमा भावना भट्ट, देवीप्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शाेभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे निर्वाचित भएका छन् । कोषाध्यक्षमा विष्णु थाकाली निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन मार्फत ४७ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित केन्द्रिय सदस्यमा  विमलकाजी श्रेष्ठ, नानीमाया थापा, बालमुकुन्द सुवाल, बुद्धशरण लामा राजेन्द्र शर्मा, इश्वरलाल राजभण्डारी, दिपेन्द्र प्रकाश डीसी, लक्ष्मण बहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जय कुमार दाहाल, भिम प्रसाद शर्मा, रामचन्द्र शाह,मिलनकुमार घिसिङ्ग, काँसीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मा सिंह थारु, सावित्रा घिमिरे विक, छविलाल खतिवडा, ,  काजीराम रोका, गामा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन् ।

नागरिक सम्मेलनको आयोजना समेत गरिएको अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(निर्वाचित केन्द्रिय समितिको नामावली)

 

 

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : २८ बजे

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि