२०८२, ५ भाद्र शुक्रबार

बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर


गौशाला, १६ मङ्सिर: ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालकसहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

घाइतेमध्ये जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ । साथै बसका चालक विजय मण्डल र अन्य दुई जना पनि घाइते छन् । घाइतेहरुको उपचार धनमति देवी मेमोरियल प्राथमिक उपचार केन्द्र सम्सीमा भइरहेको छ ।

जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको शिवचर्चा श्रद्धालु बोकेको बसको रेडिवाटर अचानक पड्किँदा रेडिवाटरको तातोपानी बसभित्र बसेका श्रद्धालुहरुको जीउ, हातखुट्टा, अनुहारलगायतका भागमा परेपछि जलेर उनीहरु घाइते भएका थिए ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : २५ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं