२०८२, २ माघ शुक्रबार

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते


सुर्खेत, १५ मङ्सिर: यहाँ यात्रुवाहक बस दुर्घटना हँुदा एकको मृत्यु र ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको कटकुवामा बस दुर्घटना हँुदा ४५ जना घाइते भएका छन् । वनभोज खाएर फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतलाई उद्धार गरी अस्पताल पठाइएको र उनीहरुको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको प्रहरी प्रमुख रजौरेले जानकारी दिनुभयो । दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ८ : ०६ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति