२०८२, २९ भाद्र आईतबार

धनि बन्न चाहानुहुन्छ ? भुलेर पनि नगर्नुहोस् यी गल्ती

धनि बन्न चाहानुहुन्छ ? भुलेर पनि नगर्नुहोस् यी गल्ती


धनी बन्ने र सुखमा रमाउने रहर कसलाई हुँदैन र ? सुखकै लागि मानिसले जीवनभर संघर्ष गरिरहन्छ । कसैले सजिलै पैसा कमाएर पनि त्यसको सदुपयोग गर्न नजान्दा दुःखी हुन पुग्दछ भने कतिपय संघर्षकै क्रममा कही चुक्छन्, अनि जीवनभर दुःखमै रहन्छन् । तरपनि, हरेक वर्षको सुरुवातमा मानिसले वर्षभरिको सुखको कल्पना गर्न छोड्दैन । तपाईले पनि यस वर्षको सुखको कामना गर्नुभएको छ भने यी गल्ति भुलेर पनि नगर्नुस् :

। महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट भएको छ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहने गर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

। देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

। यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

। जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसँग छलफल गरेर मात्रै निर्णय लिनुहोस् ।

। विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् बरु उठ्नेवित्तिकै दुबै हात जोडेर देवी लक्ष्मिको ध्यान गर्नुहोस् ।

। गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । मंगलबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

। बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

। शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

। सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।

। परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ४८ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि