२०८२, २६ मंसिर शुक्रबार

‘नैतिक बल नै मानवीय सम्पत्ति’: महेश बस्नेत

‘नैतिक बल नै मानवीय सम्पत्ति’: महेश बस्नेत


काठमाडौँ, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले विकास निर्माण गर्न तथा देशलाई समृद्ध बनाउन जो कोहीका लागि कार्यगत शुद्धता र नैतिक बल नै मानवीय सम्पत्ति हुने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति, एकिकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै सांसद बस्नेतले देशलाई विकसित र परिस्कृत बनाउन राज्यका सबै निकाय तथा अङ्गमा कार्यगत रुपमा उत्साह र उमङ्ग थप्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीभित्र भएको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनमा कर्मचारीको भूमिका मूख्य हुने भएकाले संवेदनशिल भई अघि बढ्न कर्मचारीलाई उहाँले आग्रहसमेत गर्नुभयो । संविधानसँग बाझिएका ऐनलाई आगामी सङ्घीय संसद्को अधिवेशनले सच्याउने छ,” बस्नेतले भन्नुभयो ।

उद्योग मन्त्रालयका सहसचिव सत्रुघनप्रसाद पुडासैनीले राष्ट्रले विकास र समृद्धिको लागि नयाँ गति लिएकाले सकारात्मक सोचका साथ हातेमालो गर्दै अघि बढ्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले भ्रम र आशङ्कित बनाएर राजनीति गर्न नहुनेमा जोड दिनुभयो । पेशागत महासङ्घका उपाध्यक्ष कृष्णमान प्रधानले घरेलु तथा साना उद्योगले सिप सिकाएर उद्यमशिल नागरिक जन्माउने तथा स्वदेशमा नै रोजगारी तथा आर्थिक उन्नतिको मेरुदण्डको रुपमा कार्य गर्दै आएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ९ : २६ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ