२०८२, २९ भाद्र आईतबार

हात्तीले तीन जनाको घर भत्कायो

हात्तीले तीन जनाको घर भत्कायो


राजविराज, १४ मङ्सिर: सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धरमपुरमा गएराति आएको जङ्गली हात्तीको बथानले तीन जना व्यक्तिको घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको छ ।

स्थानीयवासी उत्तम अचार्यका अनुसार कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट २ वटा समूहमा आएका हात्तीका बथानले कञ्चनरुप नगरपालिका–१२ धरमपुरका बलिमायाँ विक, अर्जुन विक र प्रकाश विकको घर भत्काएको हो । हात्तीले घरमा रहेका अन्नबाली खानुको साथै करेसाबारीमा क्षति पु¥याउँदा लाखौं मुल्यबराबरको नोक्सानी भएको स्थानीयवासीले बताएका छन् ।

सो क्षेत्रमा दैनिक जङ्गली हात्ती गाउँमा पस्न थालेपछि थाल, टिन, ठटाउँदै रातभर स्थानीयवासी जाग्राम बस्न बाध्य छन् । जिल्लाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले वर्षेनी जनधनको क्षती गर्ने गरेको भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ११ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि