२०८३, २७ श्रावण बिहीबार

हात्तीले तीन जनाको घर भत्कायो

हात्तीले तीन जनाको घर भत्कायो


राजविराज, १४ मङ्सिर: सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धरमपुरमा गएराति आएको जङ्गली हात्तीको बथानले तीन जना व्यक्तिको घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको छ ।

स्थानीयवासी उत्तम अचार्यका अनुसार कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट २ वटा समूहमा आएका हात्तीका बथानले कञ्चनरुप नगरपालिका–१२ धरमपुरका बलिमायाँ विक, अर्जुन विक र प्रकाश विकको घर भत्काएको हो । हात्तीले घरमा रहेका अन्नबाली खानुको साथै करेसाबारीमा क्षति पु¥याउँदा लाखौं मुल्यबराबरको नोक्सानी भएको स्थानीयवासीले बताएका छन् ।

सो क्षेत्रमा दैनिक जङ्गली हात्ती गाउँमा पस्न थालेपछि थाल, टिन, ठटाउँदै रातभर स्थानीयवासी जाग्राम बस्न बाध्य छन् । जिल्लाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले वर्षेनी जनधनको क्षती गर्ने गरेको भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ११ बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा