२०८२, २४ भाद्र मंगलबार

पूर्वप्रधानमन्त्री विष्ट नेपालीको सम्मानित व्यक्तित्व : प्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री विष्ट नेपालीको सम्मानित व्यक्तित्व : प्रधानमन्त्री ओली


काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताउनुभएको छ । ‘कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “शब्दमा मात्र होइन, व्यवहारमा नै उहाँ राष्ट्रवादी नेता हो, जस्तै परिस्थितिमा पनि देशभक्त र देशभक्तिको भावनाले काम गर्न सकिँदोरहेछ भन्ने उदाहरण पूर्वप्रधानमन्त्री विष्टले प्रस्तुत गर्नुभएको थियो ।” उहाँले एउटा स्वतन्त्र र सार्वभौम देशको सिमानामा रहिआएको अर्काे देशको सुरक्षा चेक पोस्ट हटाएर नेपालको पक्षमा ठूलो काम गर्नुभएका पूर्वप्रधानमन्त्री विष्ट बाघसँग कुस्ती खेलेर देशलाई अप्ठेरो परेका बेला देशभक्ति देखाउने नेपालीले आदरपूर्वक सम्मान गर्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।

“देशको माया गर, देशभक्त हौँ, कायल र कातर नहोऊँ, सत्यको पक्षमा काम गर” भन्ने विष्टलाई केही वर्षअगाडि भेट्न जाँदा आफूलाई गुरुको अगाडि बसिरहेको विद्यार्थीजस्तो महसुश भएको घटना स्मरण गर्दै प्रधामन्त्री ओलीले भन्नुभयो, “आफूले भेटेको मुलुकको पहिलो प्रधानमन्त्री नै उहाँ हुनुहुन्थ्यो ।” उमेरको पुस्तान्तरण भए पनि राष्ट्रियताप्रतिको भावना स्व विष्ट र आफ्नो एउटै रहेको बताउँदै प्रधामन्त्री ओलीले राष्ट्रिहित र सन्तुलित परराष्ट्रनीतिको व्यावहारिक प्रयोगमा निपूर्ण पूर्वप्रधानमन्त्री विष्टको जीउडालजस्तै विद्वत र विचारमा पनि अग्लो रहनुभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री विष्टका छोरा विनोद विष्टले आफ्ना पिताको राष्ट्रप्रतिको प्रेम र विकास र समृद्धिका लागि चालेका कदमबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । उक्त पुस्तकमा तत्कालीन नेपालको अवस्था र राजा महेन्द्रको भूमिका, वीरेन्द्र र विष्टबीचको सहकार्य, पारिवारिक परिवेश, शिक्षा र राजनीतिमा प्रवेश, सत्तामा नरहँदा जारी प्रयास, विष्टको राष्ट्रिय अवधारणालगायत विषयवस्तु समेटिएको छ । उक्त पुस्तकमा विष्टसँग सम्बन्धित महत्वपूर्ण तस्बीरसमेत विसं १९८३ माघ २ गते काठमाडौँको वटुमा जन्मिएका विष्टको २०७४ साल कात्तिक २५ गते निधन भएको २४ गते निधन भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ६ : ५६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा