२०८२, १३ माघ मंगलबार

‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’: मुख्यमन्त्री गुरुङ

‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’: मुख्यमन्त्री गुरुङ


पोखरा, १४ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यशाला कार्यक्रममा उहाँले व्यवसायिक र प्राविधिक शिक्षाको खाँचो आंैल्याउनुभयो ।

मुलुकमा अधिकारको लडाई समाप्त भएको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि राजनैतिकरुपमा गठित सङ्घ सङ्गठन आवश्यक नरहेकोमा जोडदिनुभयो । प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दक्ष र निष्ठावान् शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । पठनपाठनमा अङ्ग्रेजी भाषालाई बढी महत्व दिएर मातृभाषालाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घ सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य रामजी बराल, राजीव पहारी र मनबहादुर गुरुङले परीक्षा प्रणाली समय सापेक्ष बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव दीपेन्द्र काप्mले, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा नीतिमा समेटिनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ५ : ४५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै