२०८२, ५ भाद्र शुक्रबार

यी पाँच चिज राख्नुस् तपाईको घरमा ! छुट्ने छैन लक्ष्मीको वास! हुनेछ धनको वर्षात!

यी पाँच चिज राख्नुस् तपाईको घरमा ! छुट्ने छैन लक्ष्मीको वास! हुनेछ धनको वर्षात!


धन-वैभव बढाउने ईच्छा प्रत्येक मनुष्यको रहे गर्छ। आफु आर्थिक हिसावले सम्पन्न बनौ भन्ने हरेक व्यक्तिको सपना हुने गर्छ। धन प्राप्तिको लागि हरेक व्यक्ति सम्भव भए सम्म प्रयास गरि रहन्छ। हिन्दि धर्म शास्त्र अनुसार धनको देवी भनेर लक्ष्मीलाई चिन्ने गरिन्छ। जसका कारण धन प्राप्तिको लागि लक्ष्मीलाई खुशी बनाउनु पर्छ भन्ने विश्वास रही आएको छ। धार्मिक शास्त्रहरुमा लक्ष्मीलाई खुशी बनाउने उपायहरुको बारेमा उल्लेख गर्ने गरिन्छ। यी पाँच वस्तु घरमा स्थापना गर्नु भएमा धन प्राप्त हुने छ।

गाईको घ्यूको दियो
हिन्दु धर्म शास्त्र अनुसार गाईलाई लक्ष्मीको रुप मान्ने गरिन्छ भने गाईको घ्यूलाई अत्याधिक शुद्ध मान्ने गरिन्छ। यदि तुलसीको मोठमा गाईको घ्यूमा दियो बल्नु भएमा लक्ष्मी प्रसन्न हुने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। तपाईले सेतो धातु वा माटोको दियो प्रयोग गर्नु पर्ने हुन्छ। साँझको पुजा गर्दा गाईको घ्यू प्रयोग गर्ने गर्नु होला।

शंख
पौराणिक विश्वासको अनुसार, शंखलाई लक्ष्मीको भाइ मान्ने गरिन्छ। जहाँ शंख रहने गर्छ त्यहाँ लक्ष्मीको वास रहने गर्छ भने धार्मिक विश्वास रही आएको छ। शंख धेरै प्रकारको पाइने गरे पनि दक्षिणावर्ती शंख अत्याधिक शुभ मान्ने गरिन्छ। पुञ्ज स्थलमा सेतो शंख स्थापित गर्नु भएमा घरमा लक्ष्मीको वास रही रहने छ।

स्फटिकको माला

ज्योतिष शास्त्रमा स्फटिकको मालालाई शुक्र ग्रहसँग जोडेर हेर्ने गरिन्छ। शुक्र ग्रह धन-वैभव अनि विलासिताको कारक ग्रह रहने भएका कारण स्फटिक घरमा राख्नु धेरै शुभ मान्ने गरिन्छ। स्फटिकको माला घरमा राख्नाले घरको सम्पत्ति घटेर नजाने हुन्छ।

गुलाब
धार्मिक विश्वास अनुसारको गुलाबको फूल र गुलाबको सुगन्ध लक्ष्मीका दुवै प्रिय रहने गर्छन्। हरेक दिन लक्ष्मीलाई गुलाब पेश गर्दा व्यवसायिक पदोन्नति रहने हुन्छ। देवी लक्ष्मीलाई गुलाबका पातहरूले अभिषेक गर्दा ऋण घटेर जाने हुन्छ। हरेक शुक्रबार,लक्ष्मीलाई गुलाबको मल चढाउँदा घरको दरिद्रता हटेर जाने हुन्छ।

भगवान विष्णु
बिना विष्णु लक्ष्मीको अनुग्रह कहिले पनि नमिल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गर्ने गरिन्छ। त्यस कारण आरधना गर्ने स्थलमा लक्ष्मीको सँगै विष्णुको मूर्ति राख्नु पर्ने हुन्छ। साथै दिनहु दुबैको आराधन गर्नु पर्ने हुन्छ। यसो गर्दा परिवारका मुख्य व्यक्तिको कमाइ बढ्ने गर्छ भने हरेक परिवारका सदस्यलाई आर्थिक शुख मिल्ने गर्छ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ९ : ०६ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं