२०८३, १७ आश्विन आईतबार

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने


काठमाडौँ, मंसिर १४ : जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ ।

निम्तो मान्न गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी, उपप्रशासकहरु सरोज थपलिया र दीपकबहादुर पाण्डेसहित संस्थानको कर्मचारी टोली र भगवान् रामप्रति आस्था राख्ने वैष्ण्व समुदायका भक्तजन समारोहमा सरिक हुनुहुँदैछ ।

प्रार्थी भई सीताराम विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिका अध्यक्ष रोसनदास वैष्णवले जनकपुरमा उहाँहरूको स्वागत गर्नुहुनेछ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवं गोरखपुरस्थित गोरखनाथ पीठका मठाधीश आदित्यनाथ योगी जन्तीमा सामेल हुनुहुने भएको संस्थानले जनाएको छ । उहाँलाई पनि दुलाहाकातर्फबाट महामण्डलेश्वर रामतपेश्वरदासले निमन्त्रणा गर्नुभएको हो ।

रामसीताको स्वयंवर मङ्सिर २६ गते दिउँसो १ बजे र शुभ विवाह यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएको छ । गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार नगर दर्शन २१ गते साँझ ४ बजे, फूलवारी लिला २२ गते दिउँसो ३ बजे, धनुषयज्ञ २३ गते अपराह्न ४ बजे र तिलक महोत्सव २४ गते १ बजे र २५ गते मटिकोर सकिएपछि २६ गते स्वयंवर र त्यसै साँझ विवाह भई २७ गते रामकलेवा सम्पन्न गरी विवाह उत्सव मनाइने तय भएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ८ : ११ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन