२०८३, २७ श्रावण बिहीबार

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…

हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि…


दोलखा, मंसिर १४ :  जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो ।

सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान हुँ । तपाईका पुलिस मेरो पछि लागेका छन् रे । पछि नलाग्नु भन्नुस । मेरो साथमा दुई मिटर नाईलनको डोरी पनि छ ।

तपाईका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ । आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु । नभए रुखमा झुन्डिएर आत्महत्या गर्छु । फोनमा कुरा गर्दा गर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरुलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन सँकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : १० बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा