नवलपरासी, मंसिर १४ : मादकपदार्थ सेवन गरे/नगरेको जाँच गर्ने मेसिन ब्रेथलाइजर बिग्रिएपछि नवलपुरमा मादक पदार्थ सेवा जाँच गर्ने क्रम रोकिएको खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।
समाचारकाे अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरीले पालैपालो प्रयोग गर्दै आएको मापसे चेकिङ गर्ने मेसिन (ब्रेथलाइजर) विग्रिएकोे ६ महिना जति भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले बिग्रिएको मेसिन कहाँ कहाँ बन्छ भन्ने थाहा नभएको बताए । जिल्लामा नयाँ मेसिनको माग गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया