२०८२, २६ मंसिर शुक्रबार

समृद्धिका लागि सहकार्य : मुख्यमन्त्री गुरुङ

समृद्धिका लागि सहकार्य : मुख्यमन्त्री गुरुङ


पोखरा, १३ मङ्सिर:गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सफल पोखरा एक्स्पो एवं तेस्रो मोबाइल मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकतम् लगानी भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान अगाडि सारेको बताउँदै उहाँले कृषिको आधुनिकीरण एवं यान्त्रिकीकरणमा लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले समृद्धिको अभियानमा प्रदेशका ५८ स्थानीय सरकार तथा व्यवसायीबीचमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारलाई आवश्यक कर्मचारीको लगभग ८० प्रतिशतले काम शुरु गर्नुका साथै सेवा प्रदान गर्ने केही कार्यालय सञ्चालनमा आइसकेकाले अब विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुलुकमा सुशासनको प्रत्याभूति दिनसके लगानीमा आकर्षण बढाउने बताउँदै सकिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला महोत्सव औपचारिकतामा मात्र सीमित नभई उद्यमशीलताको विकाससँग जोडिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आजदेखि मङ्सिर २४ गतेसम्म सञ्चालन हुने मेलामा उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिर्जना गर्नु एक्स्पोको मुख्य लक्ष्य रहेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनील श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव अर्जुन पोख्रेललगायतले मेला महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिर्जना गर्न एक्स्पो सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ९ : २० बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ