२०८३, २७ श्रावण बिहीबार

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू


के तपाईँलाई पनि भगवान बन्ने रहर छ ? पछिल्लो समय आफूलाई भगवान हो भन्न चाहने धेरै शासक र धर्मगुरुहरुको बीचमा हामीले भगवान बन्नकोलागि कस्ता गुणहरु आवश्यक पर्दछ ? यस विषयमा केही कुराहरु प्रस्तुत गर्दैछौं । जीव र ईश्वरमा धेरै समानता र धेरै अन्तर रहेको छ । जीव अणु हो भने भगवान विभु(व्यापक) छन् । तर, पनि गुणहरुको हिसावले जीव र आत्माहरुमा केही समानता र केही व्यापकता रहेको छ ।

हामी भगवान र मानिसको अन्तरलाई कसरी बुझ्छौं ? आस्तिकहरुले भगवान र जीवहरुबीचको दूरीलाई अनन्त रुपले विश्लेषण गर्दछन् भने नास्तिकहरु त्यतिसम्म पनि आवश्यक मान्दैनन् । तर, भगवानको समान गुणहरु भएको मानिसपनि भगवान समान बन्नसक्छ भन्ने कुरा आस्तिक मतमा पनि पाईन्छ । तर, कस्तो हुन्छ भगवानको विशेषता ?

विशिष्टाद्वेत दर्शन अनुसार भगवानको कूल ६ गुणहरु मुख्य रुपमा रहेका हुन्छन् । परमात्माको धेरै गुणहरु हुन्छन् । तर, त्यस मध्येपनि मुख्य ६ गुणहरुलाई विशेष गुणको रुपमा व्याख्या गरिएको छ । ती गुणहरु समान गुण भएका मानिसहरु पनि भगवान समान मान्ने गरिएको छ । तर, अहिलेको समयमा भगवानको समान गुण हुने मानिसहरु पाउन सक्ने अवस्था छैन ।

के के हुन् भगवानका मूलभूत ज्ञानहरु ?

१. ज्ञान
ज्ञान नाम सर्व साक्षत्कार रुपम् अर्थात् हामी एक पटकमा दुई वटा आँखा नै रहेको भएपनि एउटा मात्रै बस्तुलाई देख्न सक्छौं । तर, भगवानको विशेषता यस्तो छ कि एकैपटक भगवानले सर्वत्र साक्षत्कार गर्न सक्छन् । अर्थात् एकैपटक सबै ठाउँमा देख्न सक्छन् ।

२. शक्ति
अघटित घटना सामथ्र्यत्वम् इति शक्ति । अर्थात् नघटेको घटना घटाउनसक्ने क्षमता राख्नु नै भगवानको शक्ति हो । भगवानको संकल्पबाट नै सबै क्रियाकलाप हुने भएकोले भगवानको शक्ति अघटित घटना सामथ्र्यत्वम् भन्न सकिन्छ ।

३. वल
त्यस्तै, भगवानस्य बल अर्थात् धारणसामथ्र्यम् हो । अर्थात्, भगवान एक्लैले समग्र पृथ्वीको र समग्र ब्रह्माण्डको धारण गर्न सक्ने क्षमता नै भगवानको बल हो ।

४. ऐश्वर्य
भगवानको ऐश्वर्य भनेको नियमन क्षमता हो । अर्थात् नियमन सामथ्र्यत्वम् इति भगवत् ऐश्वर्य लक्षणम् । अर्थात् पृथ्वीमा विभिन्न विरुवा र जीवहरुको सृष्टि गर्न क्रममा नियमनलाई मूल ध्यान दिनु भगवान्को ऐश्वर्य हो । जस्तै यदि भगवानल् नियमन नगरेर सिंहको सन्तान पनि मानिसको समान भएको भए कति भयाभय स्थिती सिर्जना हुन्थ्यो ? जस्तै सर्पले कति अण्डा बनाउँछ र

कति सर्प जीवित हुन्छ ? यदि सर्पको सबैबच्चाहरु जीवित हुन्ये भने मानिसलाई बाँचेर हिँड्नै मुस्किल हुने अवस्था थियो । त्यसैले भगवानले त्यसको नियमन गर्ने गरेका छन् । त्यही नै भगवानको ऐश्वर्य हो ।

५ वीर्यत्व
अविकारित्वम् भगवानको वीर्य हो । वीर्य नामक गुणको कारण श्री भगवान सम्पूर्ण जगतको उपदान कारण भएर पनि विना कुनैपनि विकार जस्ताको त्यस्तै रहनुलाई नै अविकारित्वम भनिन्छ ।

६. तेज
शत्रुलाई प्रभावहीन बनाउने शक्तिलाई नै तेज भनिन्छ । भगवानको यो तेजरुपी शक्तिका कारण नै रावण आदि शत्रुहरु परास्त हुने गरेका छन् । यही नै भगवानको तेज रुपी शक्ति हो ।

माथि उल्लेखित ६ गुणहरु भगवानका मूल गुणहरु हुन् । यी गुणहरुका कारण नै भगवान मानिसभन्दा विशिष्ट मानिन्छन् । तर, यस्ता गुणहरुमध्ये केही मात्रै गुणले युक्त व्यक्ति पनि माननीय हुने अवस्था छ । यस बाहेक पनि भगवानका सौशील्य, वात्सल्य जस्ता गुणहरु पनि विशेष गरी भगवानमा मात्रै देखिने गरेको छ ।

क. सौशील्यता
जसरी कुनैपनि एउटा महान् व्यक्ति आफ्नो स्तरीयताको कुनै पर्वाह नगरी साना र ठूलालाई समान रुपले दर्शन दिन्छन् । त्यसैगरी भगवानले पनि दुखी, सुखी, धनी गरिब जस्ता भेद नहेरी समान रुपमा उनीहरुलाई सहज दर्शन दिनु नै भगवानको सौशील्यता हो ।

ख. वात्सल्य
जसरी गाईले भर्खर जन्मिएको बाच्छाको शरीरमा रहेको फोहोरलाई विर्सिएर दोषलाई पनि गुणको रुपमा सम्झिएर आफ्नो जिब्रोले बाच्छाको शरीरमा सफाई गर्छ । आफ्ना भक्तका दोषहरुलाई गुणको रुपमा सहज रुपमा स्वीकार्नु नै भगवानको वात्सल्य गुण हो ।

ग. मार्दव
आफ्ना भक्तहरुको वियोग सहन नसक्ने गुण नै भगवानको मार्दव गुण हो । भगवानको यही गुणलाईविश्लेषण गर्दै यमुनाचार्य स्तोत्रमालामा भनिएको छ । ‘क्षणेकपि ते यद्विरहोति दुः सह । अर्थात् जुन आश्रित जीवको क्षणभरको पनि वियोग सहन नसक्नु नैै भगवानको मार्दव गुण हो ।

यसबाहेक आश्रित जीवहरुप्रति शरीर वाणी र व्यवहारबाट एउटै काम गर्ने भगवानको गुण आर्जव हो । सामान्य मानिसले बोल्ने र गर्ने काममा पुरै फरक गर्ने गरेका छन् । तर, भगवानको विशेष गुण भित्र त्यसको ठीक विपरित गुण हुने गरेको छ । यससँगै आफ्नो आश्रित जीवको रक्षा गर्ने सौहार्दता, आश्रित जीवलाई शरणागतीमा लिने र उनीहरुलाई आफूप्रति जानकार बनाउनु भगवानको नयाँ गुण हो । यससँगै कारुण्य, माधुर्य, गाम्भीर्य र आदर्य भगवानको मुलभूत गुणहरु हुन् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  १२ : ०० बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा