२०८२, २९ भाद्र आईतबार

बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ

बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ


ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता काम नगर्नुहोस् ।

१. पिता, गुरू र साधुसन्त बृहस्पतिको प्रतिनिधि भएकाले कहिले पनि यिनको अपमान नगर्नुहोस् ।

२. खिचडी घरमा नबनाउनुहोस् र बाहिर पनि नखानुहोस् ।

३. यो दिनमा नङ नकाट्नुहोस् ।

४. महिलाहरुले यस दिन कपाल नुहाउनु हुँदैन । यसो गर्नाले सम्पत्ति र सम्पन्नताको सुखमा कमी आउने शास्त्रको मान्यता रहेको छ ।

५. कपडा धुनु हुँदैन ।

बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ?

बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६. केरा दान गर्नुहोस् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ११ : ०९ बजे

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा