२०८३, २७ श्रावण बिहीबार

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा


कञ्चनपुर, मंसिर १३ : टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे। ‘आमा र बुबा काठमाडाैं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन। साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ। छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन्।

‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ। भाउजूको घरमा गएर सुत्ने गरेका छौं।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन्। राति त्यहीं सुत्छन्। आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन्। ‘आफैं पकाएर खान्छौं। साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन्।

‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन्। मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु।’ तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन्। ‘बहिनीले खाना पकाउँथी। हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ।’ बुबालाई सन्चो हुँदैछ छ भनेर आमाले फोन गरेको मनीषाले बताइन्। ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन्। आजको नागरिक दैनिकाम यो खबर छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ८ : २४ बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा