२०८२, १७ मंसिर बुधबार

राजधानीमा प्रहरी नै लुटेरा, नक्कली सुन देखाएर पैसा लुट्ने दुई हवल्दार पक्राउ

राजधानीमा प्रहरी नै लुटेरा, नक्कली सुन देखाएर पैसा लुट्ने दुई हवल्दार पक्राउ


काठमाडौं, मंसिर १३ : नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।यो खबर आजको नयाँ पत्रिकामा छ, महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो ।

प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो । प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए । ‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनेँ । मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डिआइजी थापाले भने, ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।’

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ८ : १२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी