२०८१, ६ चैत्र बिहीबार

वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने

वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज खरिद गरिने


काठमाडौं, मंसिर १३ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ।

हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ।

आजको कारोबार दैनिकमा खबर छ, छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया अघि बढ्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले भने।

नियमसँग भएका जहाजहरुको पूार्ण क्षमताका उडानसँगै नयाँ गन्तव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्ने अधिकारीको भनाइ रहेको छ। जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरुले छानबिन गरिरहकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्ने मन्त्री अधिकारीले बताए। निगमको योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ५१ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक