२०८२, २ माघ शुक्रबार

सुनेन सरकार भूकम्प पिडितको रोदन

सुनेन सरकार भूकम्प पिडितको रोदन


काठमाडौं, मंसिर १३ : ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए पुननिर्माणमा प्रभावकारिता आउने र वास्तविक पीडितले राहत पाउने बताउनुभयो । उहाँले भारत सरकारले दिने भनेको १ सय अर्ब रुपिँयाको बारेमा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गर्नुभएको थियो ।

समितिले भूकम्पपछिको पुननिर्माणको कार्यप्रगति र आगामी कार्ययोजनाका बारेमा जानकारी लिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएको थियो । ज्ञवालीले सांसदको प्रश्नको जवाफ दिँदै राजनीतिक र प्राबिधिक समस्याका कारण समयमा नै सोचेजस्तो काम गर्न नसकेको स्वीकार्नुुभयो ।‘सबै कुरा भनिरहनु पर्दैन, ती पहिलेका कुरा नगरौं तर अब पुननिर्माणले गति लिन्छ’ ज्ञवालीले भन्नुभयो ‘ पहिलो कुरा प्राधिकरण गठन नै ढिलो भयो, कार्यविधि बनाउन समय लाग्यो,चाहिए जति बजेट नपाउँदा चाहेर पनि म एक्लैले केही गर्न सक्दिन ।’

ज्ञवालीले प्राधिकरणमा बसेर काम गरिरहेका कर्मचारीलाई सरुवा नगर्न र अन्त नपठाउन सरोकारवालालाई आग्रह गर्नुभयो । ‘माननीयज्यूहरुको पनि यसमा सहयोग चाहिन्छ, कसले राहत पाउने हो र कसले पाउने होइन त्यसबारे पनि चासो राखिदिनुहोला’ उहाँले भन्नुभयो ‘वडासम्म नै समिति बनाएर पुननिर्माणलाई गति दिने हाम्रो योजना हो ।’यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : २१ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति