२०८२, १७ मंसिर बुधबार

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो


काठमाडौं, मंसिर १३ : नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद खाली छ ।

पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता गोताको लागि सेटिङ मिलाउन खोज्दा बस्न्यातको बढुवा धरापमा परेको हो ।

नेपाली सेनाको इतिहासमा यति धेरै अवधिसम्म रथी पद खाली रहेको यो पहिलो घटना हो । पृथ्वीनारायण शाहको एकिकरण कालदेखि नै रही आएको थापा र बस्न्यातबीचको द्धन्द्ध यस पटक फेरि छरप्रस्ट रुपमा बाहिरिएको छ ।

प्रधानसेनापति थापाले आफ्ना बहिनी ज्वाई राजेन्द्रबहादुर कार्कीलाई रथीसम्म पुर्याउने गलत मनसायले बस्न्यातको बढुवालाई अनेकाँै बहानाबाजी गरेर रोकेको सैनिक उच्च स्रोतले जानकारी दिएको खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ०७ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी