२०८२, २० फाल्गुन बिहीबार

एसइई १० चैतबाट : केन्द्रमा प्रश्नपत्र र प्रदेशमा उत्तरपुस्तिका तयार हुँदै

एसइई १० चैतबाट : केन्द्रमा प्रश्नपत्र र प्रदेशमा उत्तरपुस्तिका तयार हुँदै


काठमाडौं, मंसिर १३ :यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ l

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए ।

सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै
सातवटै प्रदेशले एसइईको उत्तरपुस्तिका छपाइका लागि सम्झौता गरेका छन् । उनीहरूले जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता गरी छपाइको प्रक्रिया अघि बढाएका हुन् । प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले सम्झौता गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमिल्सिनाले बताए । उत्तरपुस्तिकाका लागि सातवटै प्रदेशले सम्झौता गरिसकेको उनले बताए । पुससम्म छपाइको काम हुने उनले बताए ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ६ : ५६ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको