२०८२, ७ फाल्गुन बिहीबार

काभ्रे होइन हेटौँडालाई नै स्थायी राजधानी तोकिनुपर्छ : अध्यक्ष थापा

काभ्रे होइन हेटौँडालाई नै स्थायी राजधानी तोकिनुपर्छ : अध्यक्ष थापा


काठमाडौँ, १२ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने बताउनुभएको छ ।

मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङको नेतृत्वमा केन्द्रीय कार्यालयमा सो विषयमा ध्यानाकर्षण गराउन गएको प्रतिनिधिमण्डलसँगको छलफलमा अध्यक्ष थापाले सो स्थानलाई राजधानी बनाउन सबै दलका शीर्ष तहका नेता सकारात्मक रहेको बताउँदै सरकारले निर्माण गर्ने दू्रतमार्ग, धरान चतरा राजमार्ग, हेटौँडा काठमाडौँ सुरुङ मार्गका कारण हेटौँडालाई सबैतिरबाट सडक सञ्जाल जोड्न सकिने बताउनुभयो ।

थापाले अहिले राजधानीका लागि चर्चा भैरहेको जिल्ला भन्दा हेटौँडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणलेसमेत उपयुक्त भएको बताउँदै उहाँले भविष्यमा हेटौँडा अत्यन्त सम्भावना बोकेको स्थान हुने हुँदा तत्कालीन समयमा उक्त शहरलाई प्रदेशको अस्थायी मुकाम तोक्न आफूले भूमिका निर्वाह गरेको जानकारी गराउनुभयो । सबै दलले हेटौँडालाई राजधानी बनाउन सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ३४ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र