२०८२, १९ कार्तिक मंगलबार

निगमलाई प्रतिष्पर्धी बनाउँछौं : मन्त्री अधिकारी

निगमलाई प्रतिष्पर्धी बनाउँछौं : मन्त्री अधिकारी


काठमाडौँ, १२ मङ्सिर : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताउनुभएको छ । निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताउनुभयो ।

रिपोर्टस् क्लब नेपाल काठमाडौँमा आज आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिनुभयो । वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको प्रष्ट्याउनुभयो । निगम ऋणले डुकेको प्रसङ्गमा उहाँले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताउनुभयो ।

वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उहाँको भनाइ थियो । मन्त्री अधिकारीले भन्नुभयो, “वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ ।” खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उहाँले अनियमितता भेटिए सरकारले कारवाही गर्र्ने उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र भइरहेको र ‘रन–वे’को सुधार हुने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : २४ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या