२०८२, २५ असार बुधबार

आमाहरु फुटबल मैदानमा

आमाहरु फुटबल मैदानमा


धादिङ,१२ मङि्सर :  मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ ।

त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने आमाहरुले मैदानमा आफ्नो फुटबल कला प्रस्तुत गरे । उनीहरुको खेलबाट दर्शकले भरतपुर मनोरञ्जन लिए । मंगलबार बिहान बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय माविको मैदानमा देखिएको दृश्य हो यो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा यो खेल आयोजना गरिएको हो । खेलले जनचेतना र आमाहरुको आत्मविश्वास बढाउने अपेक्षा आयोजक बेनीघाट रोराङ गाउँपालिकाको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ३८ बजे

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११