२०८२, २९ भाद्र आईतबार

मंसिर १३ देखि १६ गतेसम्म यातायातमा जोर बिजोर प्रणाली

मंसिर १३ देखि १६ गतेसम्म यातायातमा जोर बिजोर प्रणाली


काठमाडौँ, १२ मङि्सर : एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ । यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ११ बजे

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा