२०८३, ३१ असार बिहीबार

मातृभाषा लोप हुन थालेकोमा भाषाविद्को चिन्ता

मातृभाषा लोप हुन थालेकोमा भाषाविद्को चिन्ता


काठमाडौँ, ११ मङ्सिर: मातृभाषा लोप हुन थालेकामा विभिन्न देशका भाषाविद् चिन्तित भएका छन् । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धानका लागि भएको दुईदिने ‘उनन्चालिसौँै भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’का वक्ताले कम बोलिने मातृभाषा लोपोन्मुख हुन थालेकामा चिन्ता व्यक्त गरेका हुन् ।

समाजका अध्यक्ष भीम रेग्मीले लेखनमा कम प्रयोग हुने भाषा लोप हुने क्रममा रहेकाले संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले थोरै जनसङ्ख्या, ठूला भाषाको चपेटामा साना भाषा, बसाइँसराइजस्ता कारणले भाषा लोप हुने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार विश्वमा ६ हजारभन्दा बढी मातृभाषा लोपोन्मुख क्रममा रहेको छ । नेपालमा कुसुण्डा, दुरा र तिलुङ (राई भाषा) लोपोन्मुख रहेको उहाँले बताउनुभयो । सम्मेलनमा नेपालसहित नौ देशका भाषासम्बन्धी १०२ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले प्रस्तुत गरिएका कार्यपत्रमाथि छलफल गर्दै भाषाको संरक्षण र संवद्र्धनमा जोड दिइएयो ।

दिल्ली विश्वविद्यालय भारतका प्राध्यापक तनमय भट्टाचार्यले विश्वमा मातृभाषा लोपोन्मुख चरणमा रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिँदै विश्वमा साना भाषालाई ठूला भाषाले आक्रमण गरिरहेको बताउनुभएको थियो । सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरू कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ भन्ने विषयमा छलफल भएको समाजका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी शब्दको प्रयोग कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल भएको छ । सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल भएको थियो । सम्मेलनले साना भाषालाई संरक्षण गर्न अनलाइनमा राख्ने, नेपालका सबै भाषा समेट्ने गरी शब्दकोष बनाउनेसमेत निर्णय गरेको छ ।

यस्तै एक भाषाले अर्को भाषालाई कसरी प्रभावित पारेको हुन्छ भन्ने पनि सम्मेलनमा छलफल गरिएको उहाँले बताउनुभयो । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, हङकङ (चीन), अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २०० भाषाविद्को सहभागिता थियो । समाजले हरेक वर्ष भाषाको प्रयोगबारे छलफल गर्नका लागि सम्मेलन गर्दै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ४४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित