२०८३, ८ बैशाख बुधबार

काभ्रेमा प्रहरी प्रशासन नगद असुलीमा व्यस्त, सडकमा ट्रिफरको दादागिरी

काभ्रेमा प्रहरी प्रशासन नगद असुलीमा व्यस्त, सडकमा ट्रिफरको दादागिरी


धुलिखेल । काभ्रेका सडकमा ट्रिफरहरु मनपरी ढंगले गुडाइदा पिच गरिएका सडक छिट्टै विग्रने गरेको छ । यहाँका सडकमा गुड्ने ट्रिफरसँग प्रहरी प्रशासनले नगद असुल्ने गरेकाले ट्रिफर चालकहरुले हेलचेक्रयाई गरी ट्रिफर सडकमा चलाउने गरेका हुन् । जसका कारण सडक निर्माण भएको छोटो समयमा नै खाल्डाखुल्डी हुने र त्यसले दुर्घटना निम्त्याउने गरेको छ ।

काभ्रेको ट्राफिक/प्रहरी प्रशासनले विगतदेखि नै ट्रिफरहरुसँग मासिक रुपमा नगद असुल्ने गरेको छ । यसरी मासिक रुपमा असुलिएका ट्रिफरहरु सडकमा मनलाग्दी गुडाउँदा प्रहरीले कुनै निगरानी गर्दैन । बरु चेकजाँच पोष्टमा बसेको प्रहरी ट्रिफर आइपुग्दा अन्यत्रै ध्यान केन्द्रित गर्ने गर्दछ ।

विशेषगरी जिल्लाको दोलालघाट र मेलम्ची क्षेत्रबाट शहरी क्षेत्रमा बालुवा, रोडा र ढुंगा लगायतका निर्माण सामग्री ओसार्ने ट्रिफरहरु यसरी गुड्ने गरेका छन् । त्यस्तै विपी राजमार्गमा गुड्ने ट्रिफरहरुले पनि सडकको कुनै मतलव नगरी जथाभावी रुपमा गुड्छन् । उता पनौती क्षेत्रको पनि हालत उस्तै छ ।

सडक दुर्घटनाको प्रमुख कारण ट्रिफर चालक र प्रहरीको आर्थिक लेनदेन नै रहेको विभिन्न तथ्यहरुले देखाएको छ । प्रहरीले चालकसँग आर्थिक लेनदेन गरेपछि ओभरलोड लिएर गुडाइएका ट्रिफरले सबै छुट पाउने गरेका छन् ।

कतिपय चालकको सवारी चालक प्रमाणपत्र समेत नभएको अवस्थामा उनीरुलाई प्रहरीद्वारा छुट दिइने गरेको छ । प्रहरीले त्यस्ता ट्रिफरको कुनै चेकजाँच गर्ने गरेको देखिंदैन । दुर्घटना भएको अवस्थामा प्रहरीले फेरि नगद असुल्ने गरेको ट्रिफरलाई नै दोषी बनाउने गरेको छ ।

पछिल्लो पटक भुकण्डेमा भएको ट्रिफर दुर्घटना यसको नयाँ उदाहरण हो । त्यस क्षेत्रबाट लोड भरिएको ट्रिफरलाई बेलुकीको ७ बजे मात्रै गुड्न अनुमति दिने निर्णय प्रशासनको थियो । तर भकुण्डे चोकमा करिव ६ः३० बजेको समयमा ट्रिफर दुर्घटना भयो । फिल्डमा निर्णयलाई कार्यान्वयन गराउने प्रहरी प्रशासनले उक्त निर्णयलाई पालना गराएन ।

विश्वस्त स्रोतकाअनुसार त्यस दिन पनि धेरै ट्रिफरहरुलाई प्रहरीले नगद असुल गरी पठाएका थिए । घटनापछि प्रहरी प्रशासनले उल्टै ट्रिफर व्यवसायी र चालकलाई नै ७ बजे मात्रै गुडाउनु पर्ने ट्रिफर साढे ६ बजे कसरी भकुण्डेमा आएर दुर्घटना भयो भनेका थिए ।

भकुण्डेमा भएको यो घटना प्रशासनले ट्रिफर गुड्न पाउने समय तोकिएकै बेलामा भएको थियो । यस घटनाबाट प्रष्ट हुन्छ कि प्रहरी प्रशासन नियमविपरित गुड्ने त्यस्ता ट्रिफर चालकसँग असुली धन्दामा व्यस्त थियो ।

केही समयअघिसम्म जिल्लाका विभिन्न स्थानबाट फरक–फरक समयमा ट्रिफरहरु छुट्ने व्यवस्था मिलाइएको थियो । तर त्यसलाई अहिले ट्रिफरको गतिलाई नियन्त्रण गर्दै सबै समयमा गुड्न पाउने व्यवस्था गरिएको छ । ट्रिफरलाई समय तोकेर गुड्ने अनुमति प्रशासनले दिंदा तुलनात्मक रुपमा दुर्घटनामा कमी आएको थियो ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ४३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले