२०८३, २३ भाद्र बुधबार

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापाले सहयोग गर्ने

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापाले सहयोग गर्ने


जनकपुरधाम, ११ मङ्सिर: प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् । प्रदेश सरकार र थापाद्वारा आज मुख्यमन्त्री कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उहाँले बताउनुभयो । छोरीको जुनी नचाहने मनोविज्ञानमा परिवर्तन लक्षित कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारको अभियानलाई सघाउने धारणा राख्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ३९ बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी