२०८३, १ असार मंगलबार

पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का

पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का


काठमाडौँ, ११ मङ्सिर: नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रबाट पुँजी विदेशिने र राष्ट्रिय निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने गरी भौतिक पूर्वाधार निर्माणका ठेक्का आह्वान गरिएको प्रति आपत्ति जनाएको छ । महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा एशियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालन हुने अबौँको ठेक्कामा नेपाली व्यवसायीले प्रतिष्पर्धा गर्न नपाउने प्रावधान राखिएको प्रति विरोध जनाएको हो ।

एडीबीको ऋण सहयोगमा सञ्चालित भूकम्पद्वारा क्षतिग्रस्त विद्यालय निर्माणमा समेत विभिन्न स्थानको प्याकेज जोडी एउटै बनाउने कुरामा महासङ्घको ध्यानाकर्षण भएको अध्यक्ष रवि सिंहले बताउनुभयो । “विदेशी निर्माण व्यवसायीलाई दिइएका धेरै आयोजना समयमा सम्पन्न नभई दोब्बर दाबी गरेका छन्, नेपाली निर्माण व्यवसायी सक्षम नहुने आयोजनामा मात्र विदेशीलाई आमन्त्रण गरिनुपर्नेमा केही स्वार्थ समूहले नेपाली निर्माण व्यवसायलाई धरापमा पार्न यस्तो गरेका छन्”, उहाँले भन्नुभयो ।

विदेशी निर्माण कम्पनी आउँदा उपकरणको आयातमा पनि भन्सार छुट दिँदा राष्ट्रलाई घाटा हुने गरेको महासङ्घले जनाएको छ । आफ्नै देशमा निस्केका ठेक्कामा संयुक्त लगानीका रुपमा समेत काम गर्न नसक्ने प्रावधान कसको इसारामा के का लागि राखिएको हो भन्ने प्रष्ट पार्न सरोकार भएका निकायलाई जोडदार माग गरिएको महासचिव रोशन दाहालले बताउनुभयो । एडिबीको ऋण सहयोगमा राजमार्ग सुधार आयोजनाअन्तर्गत कञ्चनपुर कमला सडक निर्माणको दुई चरण निर्धारण गरी ठेक्का निकालिएको छ ।

पहिलो चरणमा दुई लेनका सडकलाई चार लेन बनाउने, दोस्रो चरणमा सडक सुधार स्तरोन्नति गर्ने गरी भदौ २७ गते सूचना प्रकाशित गरिएको थियो ।यसअघि बुटवल–नारायणगढ सडकखण्डको बोलपत्रमा पनि विदेशी कम्पनी मात्र सामेल हुन सक्ने गरी सूचना प्रकाशित गरिएको थियो । यो सँगै संस्थागत मिलेमतो शुरु भएको महासङ्घको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ३१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क