२०८२, १८ कार्तिक सोमबार

असहाय बालबालिकाको शिक्षामा सहुलियत दिनुपर्छ : नेता नेपाल

असहाय बालबालिकाको शिक्षामा सहुलियत दिनुपर्छ : नेता नेपाल


काठमाडौँ, ११ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निम्न वर्गका असहाय बालबालिकालाई उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा प्रदान गर्नुपर्ने बताउनुभएको छ । ‘ज्योतिको घर नेपाल’को नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने भन्दै सोहीअनुसार सरकारले आजदेखि सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको बताउनुभयो ।

संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सो संस्थाले अल्पसङ्ख्यक तथा अनाथ बालबालिकाको शिक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै यसमा सबैको सहयोगका आवश्यकता पर्नेमा जोड दिनुभयो ।

नेपाली चलचित्रका क्षेत्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिकाको प्रतिभा उजागर गर्न ज्योतिको घर नेपालजस्ता समाजसेवी संस्थाको ठूलो योगदान रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्वअध्यक्ष डिल्लीराम गिरी, युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारी, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्ज्वल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

‘ज्योतिको घर नेपाल’ ले ५०० भन्दा बढी वादी, चेपाङ, भूकम्पपीडित, अनाथ बालबालिकालाई छात्रावाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको आयोजकले जनाएको छ । कार्यक्रममा यस क्षेत्रमा योगदान पु¥याउने सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : १६ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या