२०८२, २५ चैत्र बिहीबार

असहाय बालबालिकाको शिक्षामा सहुलियत दिनुपर्छ : नेता नेपाल

असहाय बालबालिकाको शिक्षामा सहुलियत दिनुपर्छ : नेता नेपाल


काठमाडौँ, ११ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निम्न वर्गका असहाय बालबालिकालाई उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा प्रदान गर्नुपर्ने बताउनुभएको छ । ‘ज्योतिको घर नेपाल’को नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने भन्दै सोहीअनुसार सरकारले आजदेखि सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको बताउनुभयो ।

संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सो संस्थाले अल्पसङ्ख्यक तथा अनाथ बालबालिकाको शिक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै यसमा सबैको सहयोगका आवश्यकता पर्नेमा जोड दिनुभयो ।

नेपाली चलचित्रका क्षेत्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिकाको प्रतिभा उजागर गर्न ज्योतिको घर नेपालजस्ता समाजसेवी संस्थाको ठूलो योगदान रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्वअध्यक्ष डिल्लीराम गिरी, युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारी, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्ज्वल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

‘ज्योतिको घर नेपाल’ ले ५०० भन्दा बढी वादी, चेपाङ, भूकम्पपीडित, अनाथ बालबालिकालाई छात्रावाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको आयोजकले जनाएको छ । कार्यक्रममा यस क्षेत्रमा योगदान पु¥याउने सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : १६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि