२०८३, ८ बैशाख बुधबार

वृद्धको हत्या आरोपमा चार पक्राउ

वृद्धको हत्या आरोपमा चार पक्राउ


दमौली, ११ मङ्सिर: तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो । पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए ।

घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफता दिलाएको छ । शव फेला पर्नेबित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पु¥याएको थियो । शव वरिपरिका वस्तु र मृत फेला परेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट चार सय मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो । कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिज विकले गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ०६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले