२०८२, २४ चैत्र बुधबार

‘महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ’: रक्षामन्त्री पोखरेल

‘महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्छ’: रक्षामन्त्री पोखरेल


विराटनगर, ११ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक अभिशापका रुपमा रहेको महिला हिंसालाई अन्त्य गर्न सबै राजनीतिक दलको छलफलको विषय बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकास, समृद्धि र सामाजिक जागृतिका लागि एकापसमा हातेमालो गरेर हिँड्नु आवश्यक रहेको उल्लेख गर्दै महिला हिंसाविरुद्धको सचेतना कार्यक्रममा व्यापकता ल्याउनुपर्ने बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महिला हिंसाको विषयमा प्रदेश सरकारले शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसाले हिंसा रोक्न अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले परम्परागत सोच र मान्यताका कारण समाजमा महिला हिंसा बढिरहेको चर्चा गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिला हिंसा अन्त्य गर्न सचेतना ल्याउनुपर्ने धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिला हिंसा रोक्न कानूनमा कठोरता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख र सरोकारवाला गरी ३०० जनाको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ५ : ५५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि