२०८२, ७ फाल्गुन बिहीबार

प्रतिष्ठानको दीर्घकालिन विकासमा जोड दिन्छौं : उपराष्ट्रपति पुन

प्रतिष्ठानको दीर्घकालिन विकासमा जोड दिन्छौं : उपराष्ट्रपति पुन


सुर्खेत, ११ मङ्सिर: उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीर्घकालीन विकासमा जोड दिने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नर्सिङ् डिन अफ स्कूलअन्तर्गत स्नातक तह ‘मिडवाइफेरी’ कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुग्नुभएका उपराष्ट्रपति पुनले हिमाली क्षेत्रमा नेपालकै मोडेल स्वास्थ्य विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई स्थापित गरिने बताउनुभयो ।

“हिमाली क्षेत्रमा अपेक्षा गरेभन्दा ठूलो संरचना बनेको छ,” उहाँले भन्नुभयो, “प्रतिष्ठानमा एमबिबिएस र एमडिजी कार्यक्रम सञ्चालनका निम्ति सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको केन्द्र भागमा रहेको प्रतिष्ठान जुम्लाको भौगोलिक अवस्था, भौतिक उपकरण, बिरामीको सङ्ख्या र जनशक्ति प्रयाप्त देखियो । यसले दुर्गमको मानक तोडेको छ ।” सो अवसरमा उपराष्ट्रपति पुनले प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक ल्याब, फार्मेसी, आइसियुलगायत विभिन्न विभागको अवलोकन गर्नुभएको थियो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यो प्रदेशको स्वास्थ्य क्षेत्रको विराट संरचनाको दीर्घकालीन विकास सङ्घीय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका संस्थापकसमेत रहनुभएका कानूनमन्त्री भण्डारीले प्रतिष्ठानबाट उत्पादित जनशक्ति र प्रवाहित सेवाले दुर्गम र विकट मानसिकतालाई दुनियाँमा असम्भव कुनै कुरा छैन भन्ने प्रमाणित गरेको दावी गर्नुभयो । पूर्व राज्यमन्त्री बलबहादुर महतले सङ्घर्षको परिणामबाट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उन्नतिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको समृद्धि ल्याउन प्रतिष्ठान कोशेढुङ्गा सावित हुने दावी गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ५ : ४९ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र