२०८२, १७ कार्तिक आईतबार

प्रतिष्ठानको दीर्घकालिन विकासमा जोड दिन्छौं : उपराष्ट्रपति पुन

प्रतिष्ठानको दीर्घकालिन विकासमा जोड दिन्छौं : उपराष्ट्रपति पुन


सुर्खेत, ११ मङ्सिर: उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीर्घकालीन विकासमा जोड दिने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नर्सिङ् डिन अफ स्कूलअन्तर्गत स्नातक तह ‘मिडवाइफेरी’ कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुग्नुभएका उपराष्ट्रपति पुनले हिमाली क्षेत्रमा नेपालकै मोडेल स्वास्थ्य विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई स्थापित गरिने बताउनुभयो ।

“हिमाली क्षेत्रमा अपेक्षा गरेभन्दा ठूलो संरचना बनेको छ,” उहाँले भन्नुभयो, “प्रतिष्ठानमा एमबिबिएस र एमडिजी कार्यक्रम सञ्चालनका निम्ति सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको केन्द्र भागमा रहेको प्रतिष्ठान जुम्लाको भौगोलिक अवस्था, भौतिक उपकरण, बिरामीको सङ्ख्या र जनशक्ति प्रयाप्त देखियो । यसले दुर्गमको मानक तोडेको छ ।” सो अवसरमा उपराष्ट्रपति पुनले प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक ल्याब, फार्मेसी, आइसियुलगायत विभिन्न विभागको अवलोकन गर्नुभएको थियो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यो प्रदेशको स्वास्थ्य क्षेत्रको विराट संरचनाको दीर्घकालीन विकास सङ्घीय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका संस्थापकसमेत रहनुभएका कानूनमन्त्री भण्डारीले प्रतिष्ठानबाट उत्पादित जनशक्ति र प्रवाहित सेवाले दुर्गम र विकट मानसिकतालाई दुनियाँमा असम्भव कुनै कुरा छैन भन्ने प्रमाणित गरेको दावी गर्नुभयो । पूर्व राज्यमन्त्री बलबहादुर महतले सङ्घर्षको परिणामबाट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उन्नतिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको समृद्धि ल्याउन प्रतिष्ठान कोशेढुङ्गा सावित हुने दावी गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ५ : ४९ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या