२०८२, २२ चैत्र सोमबार

कमाउन साउदी पुगेकै दिन जेल !

कमाउन साउदी पुगेकै दिन जेल !


काठमाडौं, मंसिर ११ : बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ?

विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ । उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् ।  यस्तै अप्ठेरोले गर्दा बैदेशिक रोजगारीको सपना त्यागेका ३७ बर्षीया बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो । किनकी स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए । अनि २०६३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए ।

आजको नागरिक दैनिकमा यो खबर छ । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेको बेला शुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरिमा पुर्याएको छ । कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन् । उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ । साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल करिब २३ लाख रुपैयाँ को जोहो गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ४४ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर