२०८२, २९ भाद्र आईतबार

कमाउन साउदी पुगेकै दिन जेल !

कमाउन साउदी पुगेकै दिन जेल !


काठमाडौं, मंसिर ११ : बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ?

विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ । उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् ।  यस्तै अप्ठेरोले गर्दा बैदेशिक रोजगारीको सपना त्यागेका ३७ बर्षीया बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो । किनकी स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए । अनि २०६३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए ।

आजको नागरिक दैनिकमा यो खबर छ । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेको बेला शुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरिमा पुर्याएको छ । कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन् । उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ । साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल करिब २३ लाख रुपैयाँ को जोहो गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ४४ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी