२०८२, २९ भाद्र आईतबार

सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्र्नुहोस

सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्र्नुहोस


शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

१ हनुमान चालिसाः हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२ फलामको उपकरणः सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३ मुलाः सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४ फूलः सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।
५ दुर्गा : सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : ३३ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी