२०८१, १५ चैत्र शनिबार

कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न: मुख्यमन्त्री शाही

कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न: मुख्यमन्त्री शाही


कालीकोट, १० मंसीर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको विकासका लागि आर्थिक स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

“कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “अब परिणाम देखिनेगरी काम गर्छौं ।” प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै उहाँले तीनवटै तहको सहकार्यमा मात्र कर्णालीको विकास अभियान अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “विकास दाताले नभई जनताले गर्छन् बरु दाता निकायको सहयोगी भूमिका हुन्छ ।”

विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्दै लैजानुपर्नेमा जोड दिदैं कृषि, उद्योग, पर्यटन, जडीबुटीलगायत क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान नदिए वा जनतालाई उत्पादनमूलक काममा नजोडेसम्म समृद्धि प्राप्त नहुने बताउँदै “जननिर्वाचित तपाईं हामी सबै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्दछ”, भन्नुभयो ।

नकारात्मक सोच र राजारजौटाको जस्तो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरु जनताको सेवक बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गर्नुभयो । कर्मचारी आपूर्तिमा सङ्घीय सरकारले उदासीनता देखाएको भन्दै उनीहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका नेता तथा अधिकारकर्मीले कालीकोटको विकास र समृद्धिका लागि सुनथराली विमानस्थल सञ्चालन गर्नुपर्ने, कर्णाली राजमार्गको स्तरोन्नति, गुणस्तरीय एवं रोजगारमूलक शिक्षाको व्यवस्था, साना तथा मझौला उद्योगको विकास, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसरी धारणा राख्नेहरुमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्यद्वय जीवन बुढा, नरपति सुनार, प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही र सोशीला शाहीलगायत रहेका छन् । रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : २२ बजे

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : प्रधानमन्त्रीओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्