२०८२, १३ माघ मंगलबार

गरीबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्वारा पदबहाली

गरीबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्वारा पदबहाली


काठमाडौँ, १० मङ्सिर: गरीबी निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मलकुमार भट्टराईले आज पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते बसेको बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

पदबहाली कार्यक्रममा उपाध्यक्ष भट्टराईले कोषलाई नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढाइने जानकारी दिनुभयो । राजनीति एवम् शिक्षण कार्यमा लामो समयदेखि क्रियाशील तेह्रथुम जिल्लाका भट्टराईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक पदमा भूमिसुधार, गरीबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव छवि रिजालले पनि आज नै पदबहाली गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ०३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै