२०८२, २९ भाद्र आईतबार

मजदूरद्धारा टानमा तालाबन्दी

मजदूरद्धारा टानमा तालाबन्दी


काठमाडौँ, १० मङ्सिर: तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष सात सूत्रीय माग राखेका थिए । आफ्ना मागको सुनुवाइतर्र्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाइएको टिप्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चका साथै विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग पर्यटन मजदूरको छ । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जायज मागलाई ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको श्रमिकको भनाइ छ । आगामी तीन दिनसम्म पनि माग पूरा नभए देशभरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ५५ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी