२०८३, ३१ असार बिहीबार

मजदूरद्धारा टानमा तालाबन्दी

मजदूरद्धारा टानमा तालाबन्दी


काठमाडौँ, १० मङ्सिर: तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष सात सूत्रीय माग राखेका थिए । आफ्ना मागको सुनुवाइतर्र्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाइएको टिप्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चका साथै विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग पर्यटन मजदूरको छ । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जायज मागलाई ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको श्रमिकको भनाइ छ । आगामी तीन दिनसम्म पनि माग पूरा नभए देशभरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ५५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित