२०८३, ३० जेष्ठ आईतबार

आफु भन्दा ठुलो मान्यजनको गोडा किन छुनु पर्छ ? जान्नुहोस्

आफु भन्दा ठुलो मान्यजनको गोडा किन छुनु पर्छ ? जान्नुहोस्


हाम्रो संस्कारमा आफ्ना मान्यजनको खुट्टा छुनु वा खुट्टामा ढोग्नु आदरभावको नमूना मानिन्छ । खुट्टा छुँदा आपसमा प्रेम बढ्छ । यहाँ आफ्ना मान्यजनको खुट्टा छुनु किन आवश्यक छ भन्ने विषयमा चर्चा गरिएको छ । हिन्दु संस्कृतिमा आफू भन्दा ठूला र मान्यजनको आदर र सेवा संस्कारको महत्वपूर्ण हिस्सा मानिन्छ ।

हिन्दु धर्मग्रन्थहरु रामायण, महाभारत र गीतामा आफ्ना मान्यजनको सम्मानको महत्व उल्लेख गरिएको छ । आमा बाबु र गुरु लगायत सबै मान्यजनको खुट्टा छुँदा पाइने आसिर्वादले संकट मोचन हुने तथ्य समेत उल्लेख छ । जुन ब्यक्तिको कुण्डलीमा पितृदोष हुन्छ त्यस्ता ब्यक्तिले हरेक विहान आफ्ना घरका आफू भन्दा ठूला सदस्यहरुको आसिर्वाद लिँदा त्यस्तो दोष नाश हुने विश्वास गरिन्छ ।

हिन्दू धर्मशास्त्रमा भनिएको छ कि

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनस्।

चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम्।।

अर्थात जसले आफ्ना मान्यजनलाई दैनिक प्रमाण र चरणस्पर्श गरेर सेवा गर्छ त्यस्ता ब्यक्तिको यश, विद्या र शक्ति बढ्छ । यदि जीवनमा सफलता चाहुन हुन्छ भने आफ्ना मान्यजनको चरणस्पर्श गर्नुस् । आफू भन्दा ठूलाको सम्मानबाट आयु, यश र बल तथा विद्या बढ्ने कुरा बैज्ञानिक पनि छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ५ : २३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क