२०८३, २२ भाद्र मंगलबार

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण


राजविराज, १० मङ्सिर  : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक छात्र गरी छ जनालाई पुरस्कार वितरण गरिएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

गाउँपालिकामा नै सर्वाधिक अङ्क ल्याएका लक्ष्मीबल्भ नरसिंह माध्यमिक विद्यालयका छात्र ओमप्रकाश साह र छात्रा इतिसा अधिकारीलाई एक थान ल्यापटप र एक थान साइकल दिनुका साथै प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।

यस्तै जनता मावि तोपाका रञ्जन यादव र रविराज सिंह र जनता मावि लौनिया तिलाठीका निभाकुमारी झा र देवेन्द्रकुमार खंगलाई पनि एक थान साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको स्थानीयवासी सिंहले बताउनुभयो ।

साथै जनता मावि तोपाका शिक्षिका ललिता झालाई अतिरिक्त माध्यमबाट शिक्षणमा सहयोग गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ११ : ४० बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै