२०८३, २७ श्रावण बिहीबार

सोमबार शिवको ब्रत किन बसिन्छ?

सोमबार शिवको ब्रत किन बसिन्छ?


उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।

सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।

यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : २१ बजे

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट