२०८२, २५ माघ आईतबार

रुद्राक्षको महत्व र चमत्कारी लाभ यस्तो छ पढ्नुहोस्

रुद्राक्षको महत्व र चमत्कारी लाभ यस्तो छ पढ्नुहोस्


काठमाडौं १० मंसीर : नेपाली धार्मिक विधीमा रुद्राक्षको ठूलो महत्व धेरै रहेको छ । सन्त, ऋषि एवं योगीहरुले रुद्राक्ष पहिरिने गर्छन् । नेपालमा रुद्राक्षको खेती र कारोबार समेत हुन्छ । तर, यसको महत्व के होला ?

रुद्राक्ष हरेक धार्मिक विधी शरीर, मन र पर्यावरणसँग जोडिएको हुन्छ । रुद्राक्ष त्यस्तै फल हो, जसको धार्मिक महत्व त छँदैछ, आर्युवेदिक एवं प्राकृतिक महत्व पनि छ । के फाइदा – रुद्राक्षले पैदा गर्ने इलेक्ट्रोम्याग्नेटिक गुणले शरीरमा चिकित्सकीय उपचार हुन्छ । यसले हृदय रोग, उच्च रक्तचाप र कोलोस्टोर नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । – यसले स्मरण क्षमता बढाउँछ । मधुमेह र मृगौला रोग नियन्त्रणमा पनि फाइदाजनक हुन्छ । रुद्राक्षको विज्ञान वैज्ञानिक तथ्यले भन्छ, रुद्राक्षमा इलेक्ट्रोम्याग्नेटिक गुणको कारण अद्भूत शक्ति हुन्छ ।

यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ ।इन्टरनेशनल युर्निभर्सिटी फ्लोरिडाका वैज्ञानिक डेविड लीका अनुसार रुद्राक्षको प्रकृति इलेक्ट्रोम्याग्नेटिक वा प्याराम्यागनेटिक हुन्छ, यसको डाइनामिक पोलेरिटी विशेषता अद्भूत छ । यो आवेगले मस्तिष्कमा केहि केमकिल्सलाई प्रोत्साहित गर्छ, यस प्रकार शरीरको चिकित्सकीय उपचार हुन्छ । रुद्राक्षले शरीरमा स्पर्श गर्दा पनि भिन्नै महसुष हुन्छ ।

रुद्राक्षको मानसिक प्रभाव रुद्राक्ष बौद्धिक क्षमता र स्मरणशक्ति राम्रो बनाउनमा पनि उपयोगी सावित भएको छ । रुद्राक्ष धारण गर्दा चिन्ता, तनाव हट्छ । र, उत्साह र उर्जामा वृद्धि हुन्छ । रुद्राक्षको मुटुमा प्रभाव कीमोफार्माकोलिजिकल विशेषताका कारण रुद्राक्षले हृदयरोग, रक्तचाप एवं कोलोस्टोर नियन्त्रण गर्छ । स्नायु प्रणालीमा पनि यसको प्रभाव राम्रो हुन्छ ।

मृगौला एवं मधुमेह रोग नियन्त्रणमा समेत रुद्राक्ष उपयोगी सावित भएको छ । रुद्राक्षको धार्मिक महत्व शिव पुराण अनुसार रुद्राक्ष भगवान शिवको कृपाको प्रतीक हो । रुद्राक्षको उत्पत्ति शिवको आँशुबाट भएको मानिन्छ ।

यो मनका शिवको आँशुबाट त्यसबेला बन्यो, जब उनी एक गहिरो ध्यानबाट बाहिर आए । उनको आँखा खुलेको बेला केहि आँशुको थोपा झर्‍यो । त्यही आँशुको थोपाबाट रुद्राक्ष नामक वृक्ष उत्पन्न भयो भन्ने धार्मिक विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : २२ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय