२०८३, १७ आश्विन आईतबार

भगवान शिवले खरानी घस्नुको रहस्य के होला ? हेर्नुहोस्

भगवान शिवले खरानी घस्नुको रहस्य के होला ? हेर्नुहोस्


भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ? यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । भष्म अर्थात खरानीलाई पवित्रताको प्रतिक मानिन्छ ।

अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा (शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ । जब यसलाई शरीरमा लगाउँछौं, त्यसले अर्को संकेत गर्छ, आखिर जीवन नाश्वर छ । वा यो कुनै न कुनै दिन नष्ट हुन्छ ।  आर्युवेदमा पनि भष्म अर्थात खरानीको महत्व छ । यो एक प्राचिन उपचार विधी हो । यसले अनेक रोगबाट छुटकारा दिलाउने बताइन्छ । भगवान शिवको पूजामा भष्ममो खास महत्व हुन्छ ।

भनिन्छ, भगवान शिव मृत्युका स्वामी हुन् र उनी शव जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ । यस्तो छ पौराणिक कथा अनुसार माता सतीले स्वंमलाई अग्नीमा समर्पित गरेर आत्मदाह गरेकी थिइन् । यो खबर सुनेर भगवान शिव बेचैन भए । उनी आफ्नी पत्नीको शव कोकेर कहिले आकास त कहिले धर्तीमा घुम्न थाले । जब भगवान विष्णुले महादेवको यस्तो दशा देखे, तब सती माताको शरीर छोएर त्यसलाई भष्ममा बदले । उक्त भष्मलाई शिवजीले आफ्नो शरीरमा धारण गरे ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ०९ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन