भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ? यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । भष्म अर्थात खरानीलाई पवित्रताको प्रतिक मानिन्छ ।
अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा (शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ । जब यसलाई शरीरमा लगाउँछौं, त्यसले अर्को संकेत गर्छ, आखिर जीवन नाश्वर छ । वा यो कुनै न कुनै दिन नष्ट हुन्छ ।  आर्युवेदमा पनि भष्म अर्थात खरानीको महत्व छ । यो एक प्राचिन उपचार विधी हो । यसले अनेक रोगबाट छुटकारा दिलाउने बताइन्छ । भगवान शिवको पूजामा भष्ममो खास महत्व हुन्छ ।
भनिन्छ, भगवान शिव मृत्युका स्वामी हुन् र उनी शव जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ । यस्तो छ पौराणिक कथा अनुसार माता सतीले स्वंमलाई अग्नीमा समर्पित गरेर आत्मदाह गरेकी थिइन् । यो खबर सुनेर भगवान शिव बेचैन भए । उनी आफ्नी पत्नीको शव कोकेर कहिले आकास त कहिले धर्तीमा घुम्न थाले । जब भगवान विष्णुले महादेवको यस्तो दशा देखे, तब सती माताको शरीर छोएर त्यसलाई भष्ममा बदले । उक्त भष्मलाई शिवजीले आफ्नो शरीरमा धारण गरे ।
प्रतिक्रिया