२०८३, ८ बैशाख बुधबार

सुनकोशी नदीमा महिलाको लास भेटियो

सुनकोशी नदीमा महिलाको लास भेटियो


तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ सुनकोशी नदीको ठूलोटार देभानमा एक अपरिचित महिलाको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार परिचय नखुलेको अन्दाजी ५० ५५ वर्षकी महिलाको लास फेला परेको हो ।

प्रहरी चौकी पचवारघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको टोली लास भएको स्थानमा पुगेर लासको चेक जाँच प्रकृति मुचुल्का गरे पनि लास कस्को हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएकोे छ ।

लासलाई पोष्टमार्टमका लागि बनेपा शिरमेमोरियल अस्पतालको शवगृहमा राखिएको छ । लासको भने हुलिया वर्ण गोरो, कपाल कालो लामो पालेको, कानमा सुनको जस्तो देखिने गहना लगाएको, शरीरमा रातो कुर्ता, उनीको चोलो लगाएको, कम्बरमा सेतो कपडाको पटुका बाँधेको, शरीरको छालाहरु सडीगली खुईलिएको,४ फिट ८ इन्च अग्लो रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ८ : ४१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले